
काठमाडौं । शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम रहने क्रम सोमबार पनि जारी रह्यो ।
उतारचढावबीच बजार परिसुचक नेप्से २० अंकले उकालो लागेर २७ सय ७९ बिन्दुको उचाइमा पुग्यो । यसदिन पनि साढे ९ अर्ब हाराहारीको कारोबार भयो । यस दिन धेरैजसो समूहमा हरियाली छायो ।
यसदिन जीवन बिमा समूहमा सबैभन्दा उच्च १ सय १८ अंकको वृद्धि आउँदा जलविद्युत समूहमा ६८ अंक अनि अन्य समूहमा ५७ अंकको सुधार आयो । जलविद्युत, निर्जिवन बिमा र वित्त समूहमा दोहोरो अंकको सुधार आउँदा होटल तथा पर्यटन र उत्पादनमुलक समुहमा दोहोरै अंकको गिरावट आयो ।
यसदिन १ सय १२ कम्पनीको शेयर मुल्य बढ्दा ५६ कम्पनीको शेयर मुल्य घट्यो । रुरु जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा नेपाल बैंक लिमिटेडको ऋणपत्रका शेयर लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्