
एजेन्सी । इजरायल र प्यालेस्टाइनबिचको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । गत सोमबारदेखि दुबै पक्षबाट लगातार आक्रमण भइरहेपनि युद्ध विरामको कुनै सम्भावना देखिएको छैन ।
अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्योस्टाईनीको मृत्यु भएको तथ्यांक छ । इजरायलतर्फ दुई बालबालिकासहित १० जना मारिएका छन् ।
इजरायलले गाजामा मारिएका अधिकांश हमासका बिद्रोही लडाकु रहेको दावी गरेको छ । तर हमास समुहले भने मारिने सबै सर्वसाधारण रहेको बताएको छ ।
इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने बताईरहेको छ । मध्यपूर्वमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तराष्ट्रिय जगतले चिन्ता र चासो बढाएका छन् । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, जर्मनी, फ्रान्सलगायतका मुलुकले तत्काल युद्धविराम गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्