३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पाल्पामा १० वटै स्थानीय सरकारले बनायो अक्सिजनसहितको आइसोलेसन


0
Shares

भरत शर्मा

पाल्पा । कोरोना संक्रमण बढ्दै गएपछि पाल्पाका १० वटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा गरेका छन् ।

अहिले कोरोनाका बिरामीहरुले बेड र अक्सिजन नपाएर छटपटि रहेको समयमा पाल्पाका स्थानीय सरकारले कोभिड अस्पताल तथा अक्सिजन, चिकित्सकसहितको आइसोलेसन कक्ष संचालनमा ल्याएका हुन । स्थानीय सरकारबाट उपलब्ध चिकित्सक, अहेव तथा स्टाफ नर्सहरु जटिल किसिमका कोरोना बिरामीहरुको उपचारमा जुटेका छन् ।

पाल्पाका प्रत्येक स्थानीय सरकारले आवश्यकता अनुसार अक्सिजनको सिलिण्डर खरिद गरी कोरोना अस्पताल तथा आइसोलेसन वेडहरुमा राखेका छन् । देशका विभिन्न स्थानमा अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना सक्रमितको मृत्यु बढेपछि अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी.ले बताउनु भयो ।

पाल्पाका १० वटै स्थानीय सरकारले आ–आफ्नो पालिकाभित्र पाँच देखि १५ बेडको कोरोना अस्पताल निर्माण गरी विरामीको उपचार गर्दै आएका छन् । पालिकाहरुले जटिल कोरोनाका विरामीलाई लक्षित गरी २० देखि ५० वेडसम्मको अक्सिजन जडानसहितको आइसोलेसन कक्ष निर्माण गरेका छन् ।

गाउँपालिकाभित्र जटिल देखिएका र होम आइसोलेसनमा सार्स फेर्न कठिन भएका कोभिड विरामीहरुलाई लक्षित गरि पालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनु भयो ।

पाल्पाका अधिकांश पालिकाले कोभिड अस्पताल र आइसोलेसनका लागि करारमा जनशक्ती भर्ना गरी बिरामीको सेवामा खटाएका छन् । बिरामीको औषधी उपचारदेखि उनीहरुको आत्मबल बलियो बनाउन लागिपरेको रिब्दीकोट गाउँपालिकाको कोभिड अस्पतालमा कार्यरत वि एन नर्सिङ्ग स्टाफ कमला रानाको भनाइ छ ।

पाल्पामा हालसम्म ६८ जना कोरोना सक्रमितहरुको मृत्यु भएको छ । दोस्रो लहरको कोरोना सक्रमणमा १ हजार ४ सय ८४ जना सत्रंmमित भएका छन् । जसमा ७९ जना अस्पतालहरुमा र १ हजार ४ सय ५ जना होम आइसोलेसनमा रहेका छन् ।