१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीको सपथविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायधीशको इजलासमा हुने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।

राणाले यो मुद्दाको पेशी आफ्नै इजलासमा तोक्नुभएको हो । बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले दायर गर्नुभएको रिट निवेदन माथि आज सुनुवाई हुँदैछ ।

प्रधानमन्त्रीले गत वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न विभिन्न सातवटा रिट परेका छन् ।

त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ ।

सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गर्नुभएको हो ।