
म्याग्दी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् ।
कोरोनाको लक्षण र श्वासप्रश्वासमा समस्या आएपनि सामान्य सम्झिएर घरमै बस्ने गरेका सङ्क्रमितहरु ढिलो गरी अस्पतालमा पुग्दा समयमानै उपचार नपाएकाले ज्यानै समेत गुमाएका छन् ।
कोरोना संक्रमणका कारण बेनी अस्पतालमा भर्ना हुने संक्रमतिको संख्या पनि बढेको छ ।
सोमबार साँझसम्म अस्पतालमा भर्ना भएर उपचार गराउने कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको अस्प्ताल प्रशासनले जनाएको छ ।
म्याग्दीमा कोरोना सङ्क्रमणकै कारण ज्यान गुमाउने अधिकांश बिरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएको बेनी अस्पतालको मेडिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्बाब दिएका ९ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्याङ्कमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्