१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बनेपा `सिल` हुने भएपछि किनमेल गर्नेको भीड


0
Shares

काभ्रे । बनेपा नगरपालिकाले आज राती १२ बजेदेखी नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेसँगै खाद्यान्न तथा तरकारी पसलमा आज विहानैदेखी उपभोक्ताको भिड लागेको छ ।

कोरोना संक्रमणदर बढ्दै गइरहेका बेला स्वास्थ्यका आधारभुत मापदण्ड समेत पालना नगरी होलसेल तथा खुद्रा पसलमा देखिएको भिडले संक्रमण झनै फैलिने चिन्ता थपिएको छ ।

नगरपालिकाले हिजो सुचना जारी गरेर संक्रमणको न्युनीकरण गर्न जेठ ४ गते मंगलबार रातको १२ बजेदेखि जेठ १२ गते बुधबार रातको १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रूपमा ‘सिल’ गर्ने जानकारी दिएको थियो ।

त्यसलगत्तै व्यापारिक क्षेत्र बनेपामा उक्त अवधिका लागि खाद्यान्न तथा तरकारी र अन्य अत्यावश्यक सामाग्री जोहोे गर्न स्थानीय, जिल्लावासी तथा अन्य जिल्लाका सर्वसाधारणको घुँइचो लागेको हो ।