
फाइल फोटो
बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो ।
धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका ४ का ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिका ८९ वर्षीय पुरुष बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएको घिमिलेको भनाई छ ।
बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्