२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


भारतमा समुद्री आँधीमा फेरी डुब्दा ९० जना बेपत्ता


0
Shares

एजेन्सी । भारतमा आएको समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा कम्तिमा ९० जना बेपत्ता भएका छन् ।

विध्वंशकारी आँधी र समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो ।

कम्तिमा २ सय ७० जना सवार फेरी दुर्घटना हुँदा समुद्रमा डुबेकामध्ये १ सय ७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ ।

वेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । भारतमा टाउक्ते आँधीले गुजरात, मुम्बई लगाएतका शहरमा तबाही मच्चाएको छ ।

सय ७० किलोमिटर प्रतिघण्टको बेगमा हुँइकिएको आँधीले गुजरातमा मात्रै २० जनाको ज्यान लिएको थियो ।