१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लमजुङ भुकम्प अपडेट: चार जना घाइते, सात घर भत्किए(फोटोफिचर)


0
Shares

काठमाडौं । लमजुङकाे भुलभुले केन्द्र भएर गएकाे भूकम्पमा परि चार जना घाइते भएका छन् । त्यसैगरि सात घर भत्किएका छन् ।

भुकम्पमा घाइते हुनेमा बेसीसहर ११ की ८३ वर्षकी खगकुमारी पाण्डे, बेसीसहर ६ की ३६ वर्षीया उमा गुरुङ, मस्याङ्दी ६ का २२ वर्षका गोविन्द अधिकारी र बेसीसहर ८ की २९ वर्षकी खसीमाया छन् । घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

आज बिहान ५ बजेर ४२ मिनेट र ८ बजेर ३० मिनेटमा दुईपटक भुलभुले केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। सुरूमा ५.८ र पछि ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला कास्की, तनहुँ, गोरखा, धादिङ, चितवन, काठमाडौंलगायतमा पनि धक्का महसुस गरिएको थियो।