७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एक साताभित्रै सर्लाहीमा ५० बेडको क्वारेन्टिन र फुड बैंक स्थापना गर्ने कांग्रेस नेता आचार्यको घोषणा


13
Shares

सर्लाही । कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमणबाट आजित मानव समुदायलाई बचाउने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा कांग्रेसका नेता तथा समाजसेवी मनोज आचार्यले आफ्नै अग्रसरतामा ५० बेडको क्वारेन्टिन स्थल निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

आचार्यका अनुसार क्वारेन्टिन स्थलमा चाहिने सम्पूर्ण सामग्री खरिद गरिसकेको र यही सातामा उक्त सामग्री लिएर उनि सर्लाही आउने बताउनुभयो ।

आचार्यले सर्लाहीमा विपन्न नागरिकको लागि एउटा फुड बैंक पनि स्थापना गर्ने बताउनुभयो ।

आचार्यले कोभिड –१९ को पहिलो चरणमा पनि सर्लाहीका विभिन्न पालिकाहरूमा आवश्यक स्वास्थ्य लगायत खाद्य सामग्री वितरण गर्नु भएको थियो ।

त्यस्तै समाजसेवी मनोज आचार्यले काठमाडौँमा मंगलवार एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाको अग्रसरतामा काठमाण्डौंको ज्ञानेश्वरमा निर्माण गर्न लागिएको अस्थायी कोभिड अस्पतालका लागि समाजवेवी आचार्यले केहि स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो ।