२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


गाजास्थित हमास बिद्रोहीको क्षमता बर्षौ पछाडी धकेलिएको इजरायली प्रधानमन्त्रीको दाबी


0
Shares

एजेन्सी । इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन् ।

त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरायलले कारबाही जारी राखेको छ । हिजो दक्षिण इजरेलमा प्यालेस्टिनी विद्रोहीहरूले रकेट प्रहार गर्दा दुई विदेशी कृषि श्रमिक मारिएका छन। इजरायलले गाजामा हवाई हमला जारी राखेको छ ।

वेस्ट ब्याङ्कमा रमल्लाह नजिकै भएको प्रदर्शनका बेला इजरायली प्रहरीसँगको झडपमा परी कम्तीमा तीनजना प्यालेस्टिनी मारिएका छन् । संघर्ष रोक्न कुटनीतिक महल सफल हुन सकेको छैन ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा फ्रान्सले इजिप्ट तथा जोर्डनसँग मिलेर युद्धविरामका निम्ति एउटा मस्यौदा प्रस्ताव दर्ता गराएको छ । इजरायली प्रधानमन्त्री नेतन्याहुले सबै इजरेली जनताका निम्ति शान्ति बहाल नभएसम्म कारबाही जारी रहने बताए ।