
परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका वनकट्टी)बाट भारततर्फ जादै गरेका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए ।
सुरुमा ५÷७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई शसस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरु स्थानीयलाई खबर गरेका थिए ।
५०÷६० जनाको समूहमा आएका स्थानीयहरुले शसस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी गराउनुभयो ।
‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो । तर भिड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको शसस्त्र प्रहरीले जनाएको छ ।
गोली लागेर घाईते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभर छन् ।
उनको शहिद स्मृती अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
उनको अवस्था गम्भिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्