२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मनराम ग्रुपद्वारा पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान


13
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानलाई मनराम ग्रुप र मनराम प्रतिष्ठानले स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार एक कार्यक्रमका बीच मनराम ग्रुपका उप–प्रबन्ध निर्देशक अतिन प्रधानले स्वास्थ्य सुरक्षा सामग्री प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई हस्तान्तरण गर्नुभयो ।

कोभिड–१९ को महामारीमा उच्च जोखिम मोलेर चौबिसै घण्टा समाचारका लागि खटिने पत्रकार र कर्मचारीका लागि ग्रुप र प्रतिष्ठानले २ सय ३० थान सेनिटाइजर, १ हजार २ सय थान सर्जिकल मास्क, १० थान पीपीई १ सय १५ थान क्लिजिङ फेसियल विप्स, आपातकालीन रूपमा प्रयोगमा ल्याउन सकिने २ थान अक्सिजनलगातका सुरक्षा सामग्री प्रदान गर्नुभएको हो ।

मनराम ग्रुपद्वारा प्रदान गरिएको स्वास्थ्य सामग्री

युवा समाजसेवीसमेत रहेका प्रधानले जटिल परीस्थितिमासमेत पत्रकार जगत सूचना प्रवाहमा निरन्तर लागेको भन्दै पत्रकारको सुरक्षाको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताउनुभयो । कोभिड संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा पत्रकारको सुरक्षा अवस्थासमेत जटिल बन्दै गएकाले आगामी दिनमा समेत सहकार्य र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

ग्रुप र प्रतिष्ठानबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री १ सय ५० बढी सञ्चारकर्मी र कर्मचारीलाई प्रदान गरिएको छ । ईमेज प्रतिष्ठानकै सहकार्यमा मनराम ग्रुपले अप्ठ्ष्यारोमा परेका, शारीरिक रूपमा अशक्त र अनाथालयमा रहेका बालबालिकालाईसमेत खाद्यान्न सहयोग गर्दै आएको छ ।