१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमामा सशस्त्र प्रहरीको गोली लागेका युवकको मृत्यु


0
Shares

परासी । सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा घाइते भएका प्रतापपुर गाउँपालिका–६ का २३ वर्षिय अविनाश राजभरको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते राजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याइएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका(वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५–७ जनाको समूहमा जान आएका व्यक्तिहरूसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो ।

पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।

भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरिए पनि नियन्त्रण नभएर आक्रामक हुँदै र्गपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो । भिडको आक्रमणबाट नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाइते भएका भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

जिल्लामा निषेधाज्ञालाई थप कडाइ गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर, पनि स्थानीय नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्
सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेपछि पश्चिम नवलपरासीमा गोली चल्यो, एक घाइते