१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हेटौंडामा पूर्ण निषेधाज्ञा, मेडिकल र अस्पतालबाहेक सबै ठप्प


0
Shares

श्रीराम अर्जुन
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने भएको छ । खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्यधिक भीडभाड बढेपछी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले हेटौंडामा पूर्ण रूपमा निषेधाज्ञा गर्न लागेको हो ।

बिहीबारदेखि हेटौंडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पाडाँडा, पश्चिममा राप्ती पुल, उत्तरमा चौकीटोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

अब कुनै पनि कामको लागि बाहिर निस्कन पाइने छैन । खाद्यान्न तथा तरकारीहरू सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने गरी निषेधाज्ञामा कडाइ गरिन लागेको प्रजिअ पाण्डेले बताउनुभयो ।