१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परासी बस दुर्घटनाका मृतक सबै रुकुम पश्चिमका


0
Shares

हरि शर्मा
परासी । पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा मृत्यु भएका चारै जना रुकुम पश्चिमका रहेको खुलेको छ । ४९ जना घाइते हुँदा २ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते २ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यलाई उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । निषेधाज्ञाका कारण काठमाडौंमा अलपत्र परेका यात्रुलाई लिएर हिँडेको बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

ना ५ ख २७१३ नम्बरको बस ब्रेक फेल भइ दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई पनि राखिएको थियो । बसमा ५८ जना यात्रु सवार थिए ।