२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पंक्षीविद हरिशरण नेपालीको निधन


39
Shares

काठमाडौं । नेपालको पहिलो पंक्षीविद हरिशरण नेपालीको निधन भएको छ ।

क्षेत्रपाटी निवासी नेपालीको बुधबार बिहान हृदयघाटबाट निधन भएको छोरी देविका नेपाली मुर्तिले जानकारी दिनुभयो । केही दिन अघि मात्र कोभिडमुक्त भएर घरमा आराम गरि राख्नु भएका उहाँका आज सुतिरहेकै अवस्थामा निधन भएको थियो ।

चरा विशेषज्ञको रूपमा विगत ५ दशकभन्दा भन्दा बढी समयदेखि चरासम्बन्धी अनुसन्धानमा सक्रिय रहँदै आएका नेपालीले १३ नयाँ चरा पत्ता लगाएका थिए ।

मरेका पशुपन्छी दुरुस्त बनाएर राख्ने विधि र कला ट्याक्सीडर्मीका प्रशिक्षक समेत रहेका नेपालीले बनाएका कैयौं चराहरू स्वयम्भु स्थित प्राकृतिक विज्ञान संग्रहालयमा राखिएका छन् ।

काजीदाइको उपनामले चिनिनुभएका उहाँ त्रिभुवन विश्व विध्यालयका मानार्थ लेक्चरर समेत हुनुहुन्थ्यो । उहाँको आजै शोभाभगवतीमा अन्त्येष्टि गरिएको छ ।