
तस्विर फाइल
काठमाडौं । कोभिड–१९ बाट एकैदिन २ सय ४६ जनाको मृत्यु भएको छ ।
बुधबार जारी प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार सोही समयमा पीसीआर विधिबाट ८ हजार ६४ र एन्टिजेनबाट १ सय ९ गरी ८ हजार १ सय ७३ जनामा कोभिड संक्रमण भएको छ । जसमध्ये २ हजार ४ सय ८६ संक्रमित काठमाडौं उपत्यकामै छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार १ सय ८९ जना कोभिड संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्