९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


स्याङ्जामा थप ६ कोभिड संक्रमितको निधन


0
Shares

स्याङ्जा । जिल्लामा थप ६ जना कोभिड संक्रमितको निधन भएको ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट, पुतलीबजार र भीरकोट नगरपालिकाका एक–एक जनाको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका–१३ की ५५ वर्षीय महिला, वडा नम्बर १ का ७६ वर्षीय वृद्ध, वडा नम्बर २ की ७७ वर्षीया वृद्धाको निधन भएको हो ।

चापाकोट नगरपालिका–५ का ७२ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन हुँदा पुतलीबजार नगरपालिका–१ का ९२ वर्षीय वृद्धको जिल्ला अस्पताल स्याङ्जामा निधन भएको हो ।

त्यसैगरी जेठ ४ गते संक्रमण पुष्टि भएकी भीरकोट नगरपालिका–३ की ७० वर्षीया वृद्धाको होम आइसोलेसनमा निधन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार कोभिड संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।