१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्राजिलमा कोभिडबाट एकैदिन २५ सय १३ जनाको मृत्यु


0
Shares

एजेन्सी । ब्राजिलमा कोभिड संक्रमणका कारण थप २ हजार ५ सय १३ जनाको मृत्यु भएको छ । योसँगै यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिलको साओ पाउलो सबभन्दा बढी कोभिड प्रभावित राज्यको रूपमा रहेको छ ।

विश्वमा कोभिडका कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको सूचीमा ब्राजिल हाल दोस्रो स्थानमा छ । कोभिडबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा छन् । तर, धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ ।