
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा बर्न्लेलाई ३–० ले हराउँदै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
गएराति बर्न्लेको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, नाथलियन फिलिप्स र अक्सलेड चेम्बरलीनले एक एक गोल गरे ।
जितसँगै लिभरपुलले प्रिमियर लिगको चौथो सथानमा रहेको लेष्टर सिटीलाई उछिनेको छ ।
लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् । च्याम्पियन म्यान्चेस्टर सिटी र दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेड शिर्ष दुई स्थानमा सुरक्षित छन् ।
तेस्रो र चौथो स्थानको लागि अब तिन टोलीबिच भिडन्त छ । तेस्रो स्थानको चेल्सीको ६७ अंक छ भने चौथो स्थानको लिभरपुल र पाँचौ स्थानको लेष्टर सिटीको समान ६६ अंक रहेको छ ।
अन्तिम खेलमा लिभरपुल वा चेल्सीले अंक नगुमाएको अवस्थामा लेष्टर सिटीको शिर्ष चारमा पर्ने संभावना सकिएको छ ।
गएराति एस्टन भिल्लासँग २–१ ले हारेको टोटनह्यामको पनि च्याम्पियन्स लिग खेल्ने संभावना सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्