१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेल्जियममा अत्याधुनिक हतियारसहित भागेका सैनिकको व्यापक खोजी


0
Shares

एजेन्सी । बेल्जियममा सैनिक ब्यारेकबाट अत्याधुनिक हात हतियार लिएर फरार भएका एक जना सैनिक अधिकारीको ब्यापक खोजी थालिएको छ ।

बेल्जियम प्रहरीको स्पेसल युनिटले जर्गेन कनिङ नाम गरेका ति अभियुक्तको ब्यापक खोजी गरिरहेको छ ।

उग्र–दक्षिणपन्थी विचारधारा रख्ने कनिङ बेल्जीयमको सेनाका शुटिङ प्रशिक्षक थिए ।

नेदरल्याण्ड्ससँगको सिमा नजिकको शहर लियोपोल्डवर्गमा रहेको सैन्य अखडाबाट ति व्यक्तिले अत्याधुनिक हात हतियार तथा गोलाबारुद लिएर गएको अधिकारीहरुले बताएका छन् ।

केही समय अगाडि उनले बेल्जीयमका भाईरोलोजीष्ट मार्क भान रान्सटलाई धम्की दिएका थिए ।

रान्सेटले बेल्जीयममको कोरोना भाइृरस विरुद्धको जनस्वास्थ्य अभियानको नेतृत्व गरिरहेका छन् ।

हतियारसहित कनिङ वेपत्ता भएपछि रासेट र उनको परिवारलाई सुरक्षित स्थानमा राखिएको छ ।