७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि


26
Shares

चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ३ सय २ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा इन्द्रावतीका ७, चौतारा साँगाचोकगढीका १५६, जुगल गाउँपालिका ३, पाँचपोखरीका १६, बलेफिका १, बाह्रबिसेका २, भोटेकोसी ३, मेलम्ची ८० छन् ।

यस्तै, लिसंखुपाखर ६, सुनकोसी २, हेलम्बु १ र अन्य जिल्लाका २५ जना छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १२ सय ५८ पुगेको छ ।

संस्थागत आइसोलेसनमा ४० जना र होम आइसोलेसनमा ७७२ छन् भने काठमाडौं बाहिर २२० जना होम आइसोलेसनमा बसेका छन् । हालसम्म ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । दोस्रो भेरियन्टमा जिल्लाका ११ जनाले ज्यान गुमाएका छन् ।

नागरिकहरुले लापरवाही गरेका कारण संक्रमण बढेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाई बताउनुहुन्छ ।

अहिले पनि भीडभाड गर्ने, माक्स नलगाउने विना काम घर बाहिर निस्कने जस्ता काम नागरिकबाट भएको छ ।

संक्रमण दर निकै बढेकाले सबै जना आफै सचेत भएर सुरक्षित हुन पनि उहाँले आग्रह गर्नु भएको छ ।