
म्याग्दी । चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले म्याग्दीका पशुपालक कृषकहरुका लागि ४ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालनका उक्त रकम सहयोग गरेको जनाएको छ ।
म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका हुन् ।
विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो ।
स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा किसानलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन् ।
युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना गरी आत्मनिर्भर बनाउन पशुपालनका कार्यक्रमलाई जोड दिइएको छ ।
प्रदेश सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयमार्फत म्याग्दीमा सबैभन्दा धेरै ६४ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना तथा विस्तार कार्यक्रम रहेको छ ।
यसैगरी ५१ लाख ४० हजार रुपैयाँको लागतमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग, ४० लाख रुपैयाँको लागतमा पशुपक्षी बीमा कार्यक्रम, ३० लाख रुपैयाँको लागतमा भैँसी विकास र आमयान्त्रिकरण कार्यक्रम रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्