२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का महसुस, २ सय घरमा क्षति, ६ घाइते


0
Shares

काठमाडौं । लमजुङमा २४ घण्टाको अवधिमा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङको मसर््याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर हिजो बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएयता आज बिहानसम्म ८६ पटक भक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्निच्युडभन्दा माथिका ६ वटा र सो भन्दा साना ८२ वटा धक्का गएको छ ।

पटकपटक भूकम्प जाँदा स्थानियवासि त्रसित बनेका छन् । भूकम्पले २ सय वटा घरमा क्षती पु¥याएको तथा कम्तिमा ६ जना घाइते भएका छन् ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ भन्नेबारे केही जानकारी ननभएको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैलाई एकजुट भएर अघि बढ्न तथा सुरक्षित, सतर्क र सजग रहन आग्रह गर्नुभएको छ ।