७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अक्सिजन आपुर्तिकालागि चन्दा, चार दिनमै सात लाख संकलन


0
Shares

बैतडी । बैतडीमा जनस्तरबाटै अक्सिजन सहयोग अभियान सञ्चालनमा रहेको छ ।

जिल्ला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि जनस्तरबाटै उक्त अभियान सञ्चालन गरिएको हो ।

दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ७ लाख २२ हजार ६ सय ६७ रुपैंया संकलन भएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठान अध्यक्ष तथा अभियन्ता विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।

कोरोना भाईरसको महामारी तीव्र रुपमा फैलिँदै गएको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएको खबर आएपछि सो अभियान सञ्चालन गरिएको चन्दको भनाई रहेको छ ।

उहाँले जनस्तरबाटै चन्दा संकलन गरेर संकलन गरिएको उक्त रकम अक्सिजन आपुर्तिलगायतमा खर्च गरिने बताउनुभयो ।