२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

कपिलवस्तुका माओवादीका नेता पाण्डेमाथि गोली प्रहार


0
Shares

कपिलवस्तु । कपिलवस्तुमा एक जना युवामाथि गोली प्रहार भएको छ ।

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा गएराति गोली प्रहार भएको हो ।

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीन जनाको समूहले पाण्डेमाथि गोली प्रहार गरेका हुन् ।

कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि दुईवटा गोली लागेको छ ।

घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको बताईएको छ ।

गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।