२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकमा हालसम्म १२ को मृत्यु, १४ सय २३ संक्रमित


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा एकैदिन थप १ सय ६५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार चौतारामा ३, जुगलमा ६, पाँचापोखरीमा १, बलेफिमा ४१, बाह्रबिसेमा १८, भोटेकोशीमा १३, मेलम्चीमा ६, सुनकोसीमा ३४ र ठेगाना नखुेलका ४४ गरी १ सय ६५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगैं सिन्धुपाल्चोकमा संक्रमितको संख्या १४ सय २३ पुगेको छ । कोरोना लहरको दोस्रो संक्रमण सुरु भएसँगै जिल्लामा ३८ दिनमा १४ सय बढी संक्रमित भेटिएका हुन् । त्यसमध्ये १२ जनाले ज्यान गुमाइसकेका छन् ।

केही संक्रमितको अवस्था नाजुक रहेकाले केही दिनमा मृत्युदर बढ्न सक्ने बताइएको छ ।