२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेशमा १९ हजार भन्दा बढी कोरोना संक्रमित निको भएर घर फर्किए


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ ।

कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका कैलालीका १३ हजार ५८४ संक्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो संख्या कैलालीका कूल संक्रमितको ६३ प्रतिशत हो ।

यस्तै अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ संक्रमित निको भएका छन् । यसैगरी कोरोना संक्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् ।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय संक्रमितहरू छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना संक्रमण देखिएको थियो ।

यो संख्या परीक्षण गरिएका कूल संख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । दोस्रो चरणमा संक्रमितलाई समयमै अस्पताल पु¥याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् ।