
काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाई हटाउन माग गरेको छ ।
राष्ट्रपति भण्डारीले हिजो नयाँ सरकार गठनका लागि प्रक्रिया थालेपछि तरुण दलले महाअभियोग लगाएर हटाउन माग गरेको हो ।
तरुण दलले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पनि नलिएको र राजीनामासमेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको जनाएको छ ।
यस कदमले संविधानमाथि राष्ट्रपतिबाट फेरि घात भएको तरुण दलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्