
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड)ले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री लिएर विमान नेपाल आउँदै छ ।
युसएडको अफिसियल ट्विटरमा लेख्दै स्वास्थ्य सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान गरिसकेको पनि यूएसएडले जनाएको छ ।
युएसएडले महामारीमा खटिएका स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेसशिल्ड तथा पन्जा सहयोग गरेको हो ।
यो सहयोग पहिलो चरणको भएको र आगामी दिनमा पनि सहयोग गर्ने युसएडले उल्लेख गरेको छ ।
पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोना भाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब १ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको जनाएको छ ।
महामारीसँग जुध्न यूएसएडले बितेका १५ महिनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्