२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


रौतहटमा तेस्रो पटक निषेधाज्ञा जारी


0
Shares

रौतहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १३ गते सम्मको लागि तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले निषेधाज्ञा जारी गरिएको बताउनु भयो ।

यसबैची रौतहटमा कोरोनाको संक्रमण बाट ६४ जनाको मृत्यु भैसकेको छ । पछिल्लो समय रौतहटमा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।