
तस्विर फाइल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले ओली विरुद्ध लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिनुपर्ने बताउनु भएको छ ।
संविधान र लोकतन्त्र रक्षा मुख्य भएकाले अहिलेको अवस्थामा संविधानको धारा ७६ (५) को वैकल्पिक सरकार लौरो उभ्याएर भएपनि दिनुपर्ने बताउनुभयो ।
भट्टराले ट्विट गर्दै अहिले सबैले त्याग र बलिदान गर्नुपरे पनि पछि नहट्न आग्रह गर्नुभयो ।
वीपी पीएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने भट्टराइले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्