
माधवकुमार नेपाल । फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता कुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आजै साँझसम्मको समय दिएकाले दलहरूबीच संवाद तीव्र गतिमा अघि बढेको छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पनि वैठकका लागि बुढानिलकण्ठ पुगेका छन् ।
संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएकै अवस्थामा नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गर्नुलाई कांग्रेसले संविधानको मर्म र भावनाविपरीत भएको निश्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्