२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगा उद्योग वाणिज्य संघले बनायो अक्सिजन सहितको आइसोलेसन


0
Shares

ओखलढुंगा । ओखलढुंगा उद्योग वाणिज्य संघले कोराना संक्रमितको उपचारका लागि अक्सिजन सहितको १० शैय्याको आइसोलेसन तयार गरेको छ ।

संक्रमित दिनहुँ बढिरहेका बेला सरकारी आइसोलेसनमा ठाउँ अभाव हुन थालेपछि संघले आफ्नै भवनमा आइसोलेसन बनाएको हो । संक्रमितको उपचार गर्न सहजताकोलागि आइसोलेसन तयार गरिएको ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिनुभयो ।

आइसोलेसन जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पतालसँग समन्वय गरेर विरामीहरुको उपचारका लागि उपलब्ध गराइने उद्योग वाणिज्य संघले जनाएको छ । १० शैय्याको आइसोलेसन बनाउन उद्योग वणिज्य संघ आफैंले पहल गरेको हो । संघले आवश्यक परेको खण्डमा थप शैय्या बढाउने समेत जनाएको छ ।