११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


आफ्नै दलका २७ जना संसदमा अनुपस्थित भएर सरकार ढाल्न लागेः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रैबाट विपक्षी सँग मिलेर सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो ।

२७ जना सांसद अनुपस्थित भएर सरकार ढाल्न आफ्नै पार्टीका व्यक्ति लागेको प्रधानमन्त्रीले बताउनुभयो ।

बालुवाटारमा शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै ओलीले भइरहेको सरकार नढाली नहुने ढाल्न पनि नसक्ने, सरकार बनाउन पनि नसकेको बताउनुभयो ।

विश्वासको मत पाउदिन भन्दा भन्दै संसदमा किन आएको भनेर विपक्षी दलहरुले उल्टै प्रश्न गरेको बताउँदै ओलीले विश्वासको मत लिन नैतिक हिसाबले आउन नहुने उहाँहरुको तर्क रहेको उल्लेख गर्नुभयो ।

आफूले चाहेर होइन संविधानले आफूलाई प्रधानमन्त्री बनाएको ओलीको दावी छ ।