३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्रीको आह्वान, ‘आउनुहोस्, राष्ट्रिय सहमतिको सरकार बनाऔं’


0
Shares

काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसमक्ष आह्वान गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलनमा उहाँले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसँग आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बजेट, कोभिड नियन्त्रण र अन्य विभिन्न राष्ट्रिय समस्या समाधान गर्नको लागि आउनुहोस् राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

यस्तै उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘जिम्मेवारी मैले लिएको छु, अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् भन्दा पनि भएन ।’

त्यसैगरी उहाँले विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउन आग्रह गर्दै नयाँ सरकार बनेको खण्डमा शुभकामना दिएर रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘रचनात्मक सहयोग हुनेछ, सधैँको किचकिच हुँदैन, मेरो दलले सहयोगको भावना राख्छ ।’