१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मैले पटक–पटक फोन गर्दा प्रचण्डले एकपटक पनि फोन गर्नुभएन– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूलाई प्रचण्डलाई टेलिफोन गर्नुभएको खुलासा गर्नुभएको हो ।
सर्वोच्चको फागुन २३ गतेको फैसलापछि आफूले पार्टी एकिकृत बनाउन टेलिफोन गरेको प्रसङ्ग निकाल्दै आफूलाई प्रचण्डले एकपटक पनि फोन नगरेको बताउनुभयो ।

‘सर्वोच्चको फैसलापछि पार्टी एकीकरणका लागि मैले नै प्रचण्डजीलाई फोन गरेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले गरेको फोनको विषयलाई उहाँले मिडियामा उडाउनुभयो, मैले नै पटक–पटक फोन गरे पनि उहाँले आजसम्म एकपटक पनि फोन गर्नुभएको छैन ।’

आफू प्रधानमन्त्री र ठूलो दलको नेता भएको नाताले प्रचण्डलाई पटक–पटक फोन गरेको उहाँले जानकारी गराउनुभयो ।