
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
‘साथीहरूले मध्यावधि निर्वाचनमा लैजान लाग्यो भन्ने आरोप लगाउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘मैले निर्वाचनमा लैजान खोजेको होइन, मैले त विकल्प दिएको हो, कि वैकल्पिक सरकार बनाउनुस् कि मलाई सहयोग गर्नुस् ।’
प्रतिक्रिया दिनुहोस्