६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


केपी ओलीले पुन: प्रधानमन्त्रीमा दाबी गर्ने


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।

‘अन्य राजनीतिक दलले दाबी नगरेको अवस्थामा मैले प्रधानमन्त्रीमा दाबी गर्छु,’ उहाँले भन्नुभयो, ‘मैले दाबी गरेकोमा राष्ट्रपतिले उचित आधार देख्नुभयो भने राष्ट्रपतिले नियुक्ति गर्नुहोला ।’

आफूसँग १ सय २१ सिटमा भएकाले प्रधानमन्त्रीमा दाबी गर्ने ओलीको भनाइ छ ।