१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


म्याग्दीमा हावाबाट विजुली


0
Shares

म्याग्दी । जिल्लाको पर्यटकीय स्थल लभ्ली हिलमा हावाबाट विजुली बालिएको छ ।

बेनी नगरपालिका–२ खबराको लभ्ली हिलमा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइन मार्फत विजुली प्लान्ट निर्माण गरिएको हो ।

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले प्राविधिक सीपको प्रयोगगरी हावाबाट विजुली उत्पादन गर्नुभएको हो । विद्युत सेवा उपलव्ध भएपछि लभ्ली हिल पुग्ने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।