
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि संविधानको धारा ७६(५) अनुसार आह्वान गरेसँगै दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
शुक्रबार बिहानै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको यादव पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल समूहबीच छलफल भएको थियो । छलफलबाट प्रधानमन्त्रीमा माधवकुमार नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने विषयमा पछि छलफल भएको स्रोतको दाबी छ ।
यस्तो अवस्थाम मावधकुमार नेपाल प्रधानमन्त्री बन्नसक्ने सम्भावनाको विषयमा पनि बहस हुन थालेको छ । संविधानको धारा ७६(५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त हुने बताइएको छ ।
यो व्यवस्थाअनुसार माधवकुमार नेपाल पनि प्रतिनिधिसभा सांसद् भएकाले दलको समर्थन आवश्यक नहुनेब देखिन्छ । यसरी माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने विषयमा सहमति भएको खण्डमा कांग्रेसको ६०, माओवादी केन्द्रको ४९, जसपाको उपेन्द्र यादव खेमाको १५, राष्ट्रिय जनमोर्चाको १ र एमालेको माधवकुमार नेपाल समूहका २१ सांसद गरी जम्मा १ सय ४४ सांसदको हस्ताक्षर हुने देखिन्छ । सरकार बनाउनका लागि १ सय ३६ मतको आवश्यकता पर्छ ।
यद्यपि नेकपमा एमालेले माधवकुमार नेपाललाई कारबाही गर्नसक्ने आधार भने जीवितै रहन्छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै यसअघि नै कारबाही भोगेर काराबाहीमुक्त भइसकेका नेपाललाई पार्टीले पुनः कारबाही गर्नसक्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्