१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिमा र प्रविणको ‘माया लाइसक्यो’ सार्वजनिक


0
Shares

काठमाडौं । नवगायिका प्रतिमा केसीको पहिलो म्युजिक भिडियो ‘माया लाइसक्यो’ सार्वजनिक भएको छ ।

गीतमा नेपाल आइडलका फस्ट रनरअप प्रविण वेडवालको स्वर पनि रहेको छ । किसन सुवेदीले लेखेको गीतको संगीत सिएल शर्माले भरेका हुन् ।

कुशल सिंहको कोरियोग्राफि रहेको गीतको भिडियोमा विरेन्द्र धामीको छायांकन, निर्देशन र सम्पादन रहेको छ । किशोर थापाको मिक्सिङ रहेको गीतको पोष्ट प्रोडक्सन बुद्ध क्रियसनले गरेको हो ।

युवा पुस्ता र माया प्रेमको विषय समेटिएको गीत केहि समय अघि नै तयार भए पनि कोभिड–१९ को संक्रमण बढेपछि छायांकन रोकिएको थियो ।

गीतबाट आफू आशावादी रहेको नवगायिका केसीले बताइन् । ‘लामो समयको मेहनत र साधनापछि गीत सार्वजनिक भएकाले उत्साही र आशावादी पनि छु’, केसीले भनिन् । गीत हेरेर र सुनेर प्रतिक्रिया दिन उनले आग्रह गरेकी छन् ।