
काठमाडौं । नेकपा एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा (एमाले) एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् ।
शुक्रबार ट्वीटरमा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’
प्रतिक्रिया दिनुहोस्