
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको
बताउनु भएको छ।
डा. कोइरालाले आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिले संविधान च्यातेको बताउनु भएको हो ।
डा. कोइरालाले समाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताउनु भएको छ।
‘संविधानलाई समाप्त गर्ने काम भएको छ’ उहाँले टुइटरमा लेख्नुहुन्छ, ‘राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’
प्रतिक्रिया दिनुहोस्