
फाइल फोटो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ ।
मध्यरातमा संविधान मास्ने कार्य भएको भन्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक आज बस्ने बताइएपनि समय तय भएको छैन् ।
संसद फेरि भंग भएपछि अहिले विपक्षी दलहरु आक्रोशित बनेका छन् । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ः ४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्