२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचे : भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली–विद्याले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताउनु भएको छ ।

भट्टराईले सामाजिक सञ्जाल दुईटरमा लख्दै मध्यावधी चुनाव गराउने नियत नभई विद्या ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच रचेको बताउनु भएको हो ।

‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक र असंवैधानिक र प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो, यो ओली–विद्या कुकर्म,’ भट्टराईल टुईटमा लेख्नुहुन्छ, “यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऊँ प्रतिवाद गरौं ।”

उहाँले ओली–विद्याकाे याे कदमकाे प्रतिवाद गर्न आव्हान गर्नु भएको छ ।