१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र पत्रकार संघले मनायो भर्चुअल माध्यमबाट बार्षिकोत्सव


0
Shares

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ ।

संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल रहनु भएको थियो ।

बिशेस अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल,ज्यु संस्थापक अध्यक्ष भरत शाक्य ज्यु, पूर्व अध्यक्ष बिदुर गिरि, शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा र सिनेमा क्षेत्रसँग आवद्ध संघसंस्थाका अध्यक्ष र संघका सम्पुर्ण शाखाका अध्यक्ष अतिथिको रुपमा रहेका थिए ।

भर्चुअल बार्षिक उत्सव समारोहमा संघका संस्थापक अध्यक्ष भरत शाक्यले महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबुत बनाउँदै सिनेमा पत्रकारिताको नयाँ गन्तव्य खोज्नु पर्ने बताउनुभयो ।

यता संघका पूर्व अध्यक्ष विदुर गिरीले जेष्ठ ७ गते चलचित्र पत्रकारका लागि दशैं र तिहार जस्तै ठुलो पर्व रहेको भन्दै हालको पदाधिकारीले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानलाई छिटै वितरण गर्न सुझाव दिनुभयो ।

संघका महासचिब समिर बलामीले सञ्चालन गरेका कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्र पत्रकारले जोड दिनु पर्ने बताउनुभयो ।

संघका अध्यक्ष सिटौलाले सिनेमा क्षेत्रलाई चलायमान बनाउन सम्पुर्ण संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।