
फाइल तस्विर
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धाराण बनाउन पाँच दलको बैठक बस्दैछ ।
कांग्रेस पदाधिकारी बैठकपछि अहिले ११ बजे संसद भवन नयाँ बानेश्वरमा पाँच दलको बैठक बस्न लागेको हो ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणँका अनुसार बैठकमा कांग्रेस , माओवादी केन्द्, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र समूह, एमाले माधव समूह र जनमोर्चा सहभागी हुने छन् ।
दलको बैठकले प्रतिनिधिसभा विघटन पश्चात अब कसरी अघि बढ्ने भन्ने विषयमा धारणा तय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्