२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन खेलेको भूमिकाको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीतिबारे छलफल हुने पनि बताइएको छ। यस्तै अध्यक्ष ओलीले माधव नेपाल पक्षको भूमिका क्षम्य नरहेको भन्दै कारवाहीको गरेकाले सोही अनुसार निर्णय हुनसक्ने बताइएको छ ।